कालीकोट पहिरो : हराइरहेका चार जनाकै परिचय खुल्याे

 भदौ ३, २०७७ बुधबार १९:२१:२६ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – नरहरिनाथ गाउँपालिका ५ रुप्साको जात्तडामा पहिरोले दुई वटा घर पुरिँदा हराइरहेका चार जनाको परिचय खुलेकाे छ ।     

नरहरिनाथ ५ का ५५ वर्षीय चन्द्र सहकारी, २७ वर्षीया चम्फा सहकारी, ३० वर्षीया झिमा सहकारी र १२ वर्षीय रमित सहकारी मङ्गलबार राति खसेकाे पहिरोमा परेर हराइरहेकाे जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

पहिरोमा हराइरहेकाकाे खोजीका लागि प्रहरी टोली घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामबाबु ओलीयाले बताउनुभयो । नरहरिनाथमा रहेको इलाका प्रहरी कार्यालय कुमाल गाउँबाट घटनास्थल पुग्न चार घण्टाको पैदल बाटो हिँड्नुपर्छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया