संखुवासभामा तीन दिनदेखि सङ्क्रमित क्वरेण्टीनमै, आइसोलेशनको अभाव

 भदौ ४, २०७७ बिहिबार १७:५९:४८ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभामा कोरोना पोजेटिभ देखिएका तीन जनालाई आइसोलेशनको अभावमा तीन दिनदेखि क्वरेण्टीनमै राखिएको छ ।

कोरोना पोजेटिभ देखिएका सङ्क्रमितहरुको छुट्टै आइसोलेशनमा राखेर उपचार गर्नुपर्ने भए पनि आइसोलेशनको अभाव भएको हो ।

संखुवासभामा मंगलबार एकजना प्रहरी र दुईजना वैदेशिक रोजगारीबाट घर फर्किएकाहरु गरी तीन जनामा कोरोना पुष्टि भएको थियो । संखुवासभामा सरकारी र निजीसहित २० वटा आइसोलेशन वार्ड भए पनि स्थानीयबासीले अवरोध गरेपछि सङ्क्रमितलाई क्वरेण्टीनमा नै राखिएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले बताउनुभयो ।

स्वास्थ्य कार्यालय संखुवासभाका अनुसार जिल्ला प्रहरी कार्यालयका २२ वर्षीय पुरुष, धर्मदेवी नगरपालिका–४ का ४३ वर्षीय पुरुष र चैनपुर नगरपालिका–११ का २४ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

अन्तिम अपडेट: चैत २३, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया