आज र भोलि ठूलो पानी नपर्ने

 भदौ ५, २०७७ शुक्रबार ८:१४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज र भोलि देशभर ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

अहिले प्रदेश १, कर्णाली प्रदेश र वागमती प्रदेशको केही ठाउँबाहेक अन्यत्र आंशिकदेखि सामान्य बादल लागेर केही ठाउँमा पानी परेको र दिउँसोपख देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।भोलि बेलुकीदेखि भने मनसुन पुनः सक्रिय भएर देशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।

अहिले काठमाण्डौ उपत्यका घमाइलो भएको छ । बिहानै मौसम खुल्ला हुँदा गर्मी पनि बढेको छ ।

बादल हटेर आकाश खुल्ला हुँदा काठमाण्डौ आसपासका डाँडापाखा रमाइला देखिएका छन् । दिउँसोसम्म काठमाण्डौको मौसम खुल्ने र त्यसपछि बादल लाग्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । बेलुकीदेखि भने हल्कादेखि मध्यय खालको पानी समेत पर्ने उहाँले बताउनुभयो ।

आगामी २४ घण्टामा प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्ययम खालको पानी पर्ने सम्भावना रहेकोले ती ठाउँहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने लगायतका सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

अन्तिम अपडेट: भदौ ६, २०७७

तपाईको प्रतिक्रिया