अमेरिकी राष्ट्रपति ट्रम्पका पूर्व सल्लाहकार ब्यानन् पक्राउ

 भदौ ५, २०७७ शुक्रबार ८:५६:५२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्यानन् ठगी अभियोगमा पक्राउ परेका छन् ।

मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि भन्दै आर्थिक सहयोग उठाएको र त्यसमा ठगी गरेको आरोप ब्याननमाथि लागेको छ । यो अभियोगमा ब्यानन् सहित चार जनालाई न्यूयोर्क प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ ।

उनीहरुमाथि 'वी विल्ड द वाल' अभियान अन्तर्गत सङ्कलन भएको रकम अनियमित गरेको आरोप लागेको खबरमा उल्लेख छ । राष्ट्रपति ट्रम्पले समेत निकै महत्व दिनुभएको पर्खाल लगाउने योजनाका लागि वी विल्ड द वाल अभियानले २५ मिलियन अमेरिकी डलर सङ्कलन गरेको अमेरिकाको न्याय विभागले जनाएको छ ।

सङ्कलन भएको रकम मध्ये ब्याननले १० लाख भन्दा बढी डलर लिएको र त्यो रकम उनले व्यक्तिगत प्रयोजनका लागि खर्च गरेको आरोप लागेको बीबीसीले जनाएको छ । ब्याननले अदालतमा आफू दोषी नरहेको भन्दै अपिल दर्ता गर्नुभएको पनि खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया