कालीकाेटमा भदाै १० गतेसम्म निषेधाज्ञा

 भदौ ५, २०७७ शुक्रबार १७:७:१५ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – छिमेकी जिल्ला जुम्ला र आसपासका क्षेत्रमा कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय कालीकोटले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

शुक्रबार राति १२ बजे देखि १० गते राति १२ बजेसम्म पाँच दिनका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताउनुभयो ।

कालीकोटमा अहिलेसम्म ७४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये ६६ जना डिस्चार्ज भएको जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिनुभयाे । अहिले आठ जना जिल्लाका विभिन्न आइसोलेशनमा रहेका छन् ।   

अन्तिम अपडेट: बैशाख ७, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया