चितवनमा उपचारका क्रममा ज्यान गुमाएका एक पुरुषमा कोरोना पोजेटिभ

 भदौ ६, २०७७ शनिबार १२:२७:५५ | रासस
unn.prixa.net

चितवन - चितवनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गुमाएका हेटौँडा उपमहानगरपालिकाका एक पुरुषमा पनि काेराेना संक्रमण पुष्टि भएको छ । 

गएको ३ गते उपचारका क्रममा उनको ज्यान गएको थियो । उपचारका लागि आएलगत्तै उहाँको स्वाब सङ्कलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो ।

 स्वाब परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो । 

चितवन मेडिकल कलेजको प्रयोगशाला अहिले मात्रै स्थापना गरिएकाले त्यसको विश्वसनीयता परीक्षण गर्न बाँकी रहेकाले नतीजा सार्वजनिक गरिएको थिएन ।

भरतपुर कोभिड ल्याबमा शुक्रबार राति गरिएको पुनः परीक्षणमा समेत उहाँको पोजेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।

मेडिकल कलेजमा ज्यान गुमाएका अन्य दुई जनाको नतिजा आउन बाँकी रहेको उहाँले बताउनुभयो । अहिले तीनवटै शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया