प्रधानमन्त्री ओलीसँग यूएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
बैशाख १०, २०८२ बुधबार
काठमाण्डाै – तराई मधेशका जिल्लामा आज पनि गर्मी उच्च भएको छ । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कानुसार आज रौतहटको गौरसहित केही ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ ।
तराई मधेशका सबैजसो जिल्लाको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस आसपास वा त्योभन्दा माथि पुगेको छ । अधिकतम तापक्रम बढेसँगै तराई मधेशका धेरै ठाउँमा तातो हावा चलेको स्थानीय बासिन्दाले बताएका छन् ।
काठमाण्डौको अधिकतम तापक्रम पनि ३२ डिग्री सेल्सियस आसपास पुगेको छ । काठमाण्डौ उपत्यकासहित मध्यपहाडका धेरै ठाउँमा पनि तापक्रम उच्च भएको छ ।
यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तराईका जिल्लामा केही दिनयता तापक्रम बढेसँगै सतर्कता अपनाउन आग्रह गरेको छ । तापक्रम बढेसँगै मौसम पूर्वानुमान महाशाखाले पनि सतर्कता अपनाउन आग्रह गरेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।
कुनै मनसुन प्रणाली सक्रिय नरहेको, पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव मात्रै देखिएकाले तापक्रम यथावत् रहने र अझै बढ्ने सम्भावना रहेको उहाँको भनाइ छ । केही समय पानी नपरे तातो लहर अर्थात् 'हिट वेभ' को सम्भावनासमेत रहनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने माैसमविद् लामिछानेले बताउनुभयो ।
प्राधिकरणले चर्को घामबाट बच्नका लागि दिउँसोको समयमा बाहिर ननिस्कन, गर्मी बढाउने खानेकुरा नखान, शीतलमा बस्न र बाहिर निस्कनु परे पातलो कपडा लगाउन अनुरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।