अछाममा बाढीले बगाएर हराइरहेकामध्ये थप एक जनाको शव भेटियो

 भदौ ६, २०७७ शनिबार १९:१२:११ | चन्द्र थापा
unn.prixa.net

अछाम – अछामको कैलाश खोलामा आएको बाढीमा बगेर हराइरहेका मध्ये थप एक जनाको शव फेला परेको छ । 

रामारोशन गाँउपालिका – ५ र ६ जोड्ले झोलुंगे पुल नजिकै शनिबार शव भटिएको अछाम प्रहरीले जनाएको छ । भेटिएको शव रामारोशन गाँउपालिका–५ का नन्दु साउँदका छोरा १९ वर्षीय रुपेश साँउदको भएको प्रहरीले जनाएको छ । 

शव भेटिएको स्थानमा प्रहरी पुगेर पहिचान पुष्टि गरिएको अछाम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । 

गएको मंगलबार राति रामारोशन गाँउपालिका अन्तर्गत कैलाश खोलामा बाढी आउँदा १७ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये ६ जनाको शव यसअघि नै फेला परिसकेको थियो । अझै १० जना हराइरहेका छन् ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया