अछाममा चट्याङ लागेर सात जना घाइते

 भदौ ११, २०७७ बिहिबार १४:१९:५३ | चन्द्र थापा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

अछाम – अछाममा चट्याङ लागेर सात जना घाइते भएका छन् । बुधबार साँझ ६ बजेतिर चट्याङ लागेर साँफेबगर नगरपालिका १३ का सात जना घाइते भएका हुन् । उनीहरुलाई उपचारकाे लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याइएको छ । 

चट्याङ लागेर घाइते भएकामध्ये १८ वर्षीय सौभाग्य जोशी, २१ वर्षीय होमराज जोशी, १३ वर्षीय गोकुलप्रसाद जोशी समय समयमा बेहोस हुने भएकाले अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

त्यस्तै ३४ वर्षीया भुवनेश्वरी जोशी, १८ वर्षीय तिलकराज जोशी, २१ वर्षीया जयन्ती जोशी र १८ वर्षीया देवश्वरी जोशीको भने हात खुट्टा पोलेकाे अवस्थामा रहेकाे बताइएको छ ।   

बाब्लाको बाहुन टोलमा बिजुलीकाे पोलमा चट्याङ् पर्दा स्थानीय चार घरपरिवारका सात जना घाइते भएका हुन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया