वायु प्रदूषण नियन्त्रणका लागि भारतको सङ्घीय राजधानी दिल्लीमा '...
कात्तिक ३०, २०८१ शुक्रबार
फाेटाे स्राेत : स्वास्थ्य मन्त्रालय
काठमाण्डौ - कोरोना सङ्क्रमितमध्ये ५६ दशमलव ५ प्रतिशत निको भएका छन् ।
गएको २४ घण्टामा ५ सय ६९ जना निको भएसँगै कोरोना जित्नेको संख्या २० हजार ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार १२ हजार ६ सय २९ जनाको परीक्षण गर्दा ३ सय ३४ महिला र ७ सय ७७ पुरुष गरी एक हजार एक सय ११ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३५ हजार ५ सय २९ पुगेको छ ।
बिहीबार सबैभन्दा धेरै काठमाण्डौमा २ सय ७० जना थपिएका छन् । काठमाण्डौमा २ सय ७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जनालाई कोरोना पुष्टि भएको हो । एकैदिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो ।
१ सय ४७ जनाको आईसीयू र १७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । अहिलेसम्म ६ लाख ४७ हजार ८ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा ३५ हजार ५ सय २९ जनाको रिपोर्ट पोजेटिभ आएको हो । अहिले ६ हजार २ सय १० जना होम आइसोलेशनमा छन् । ९ हजार ४ सय ८८ जना भने क्वरेण्टीनमा रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
५ सयभन्दा माथि सङ्क्रमित भएको जिल्लाको संख्या बढेको छ । काठमाण्डौ, ललितपुर, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही गरी ८ जिल्लामा सङ्क्रमितको संख्या ५ सयभन्दा धेरै छ । मुस्ताङ र हुम्लामा मात्र सङ्क्रमितको संख्या शून्य छ ।
सङ्क्रमण अझ बढ्ने : स्वास्थ्य मन्त्रालय
सरकारले कोरोना भाइरसको सङ्क्रमण आउँदाे केही दिनमा थप बढ्ने आँकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सङ्क्रमण दर दिनप्रतिदिन बढिरहेकाले केही दिनमा थप वृद्धि हुने बताउनुभयो ।
उहाँले सङ्क्रमण वृद्धि भएसँगै थप चुनौतीको सामना गर्नुपर्ने भएकाले सचेत हुन आग्रह गर्नुभयो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र घनाबस्ती भएको ठाउँमा अहिले सङ्क्रमण बढीरहेको उहाँको भनाइ छ । उहाँले सङ्क्रमण देखिएपछि आइसोलेशनमा र लक्षण नभएकाहरु सम्भव भएसम्म घरमा आइसोलेशनमा बस्न अनुरोध गर्नुभयो ।
प्रवक्ता डा. गौतमले सङ्क्रमण अझ बढ्ने भएकाले सबैले आफ्नो जीवनशैली परिवर्तन गर्न आग्रह गर्नुभयो । सकारात्मक सोच र चिन्तन गरी सबैले आ-आफ्नो ठाउँबाट सङ्क्रमणको रोकथाम र नियन्त्रणमा एकजुट हुन जरुरी रहेको उहाँको भनाइ छ ।
उहाँका अनुसार कोभिड-१९ को रोकथामको प्रमुख उपाय खोप र जनस्वास्थ्यका मापदण्डको पालना रहेको छ । सङ्क्रमणको नियन्त्रण र रोकथामका लागि विश्वमा भइरहेका अनुसन्धान प्रयासको सरकारले अध्ययन गरिरहेको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।