वायु प्रदूषण नियन्त्रणका लागि भारतको सङ्घीय राजधानी दिल्लीमा '...
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डौ - कोरोनाको जोखिम बढ्दै गएकाले अत्यावश्यकबाहेक सेवा सञ्चालन नगर्न प्रहरीले आग्रह गरेको छ।
खाद्यान्न तथा पकाइएको खाद्यवस्तु घर-घरमा पुर्याउने डेलिभरी सेवा बढेको भन्दै प्रहरीले अत्यावश्यकबाहेकका सेवा सञ्चालन नगर्न भनेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सार्वजनिक गरेको निषेधाज्ञाको आदेशअनुसार पानी, औषधि र स्वास्थ्य सामग्री बिक्री गर्ने पसल जुनसुकै बेला पनि खोल्न पाइनेछ ।
तर अत्यावश्यक वस्तु अन्तर्गतका खाद्य, दूध, दूग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु आदिका बिक्री भने बिहान सवा ९ बजेसम्म मात्र गर्न पाइने छ ।
यस बाहेकका होटल, रेष्टुँरा सबैको सेवा बन्द भएकाले होम डेलिभरी र अर्डरका खानेकुरा पनि ओसारपसार गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ ।
बाहिरको खाजा खानाले सङ्क्रमणको जोखिम थप बढ्न सक्ने भएकाले प्रशासनले घरभित्रकै खाना खान पनि आग्रह गरेको छ ।
हिजो होम डेलिभरी गर्ने विभिन्न संस्थाका ८० जनालाई प्रहरीले पक्राउ गरी कागज गराएर बेलुका छोडेको छ ।
महानगरीय प्रहरी परिसर काठमाण्डौका एसएसपी श्याम ज्ञवालीले बिहान सवा ९ बजेपछि होम डेलिभरी गर्नेलाई पनि रोक्ने यसअघिकै आदेश भएकाले उनीहरुलाई रोकेको र अब पनि नियमको अटेर गरे रोक्ने बताउनुभयो ।
कोरोनाको सङ्क्रमण समुदायस्तरमा नै फैलिसकेकाले सामान्य कुरामा ध्यान दिए सङ्क्रमणबाट जोगिन सकिने भन्दै प्रहरीले जिल्ला प्रशासन कार्यालयले तोकेको मापदण्ड र नियमको पालना गर्न गराउन आग्रह गरेको छ ।
निषेधाज्ञाको उल्लंघन गर्दै अनलाइनमार्फत पनि खाजा खाना पुर्याए कारबाही हुने महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।