निषेधाज्ञाका कारण भोजपुरमा स्थानीय तरकारीले बजार पायो

 भदौ १२, २०७७ शुक्रबार १२:१९:७ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - कोरोना महामारीका कारण सेवा बन्द तथा निषेधाज्ञा हुँदा भोजपुरमा उत्पादन गरिएका तरकारीले बजार पाउन थालेका छन् । 

यसअघि तराईका जिल्ला तथा भारतबाट ल्याइएका तरकारीको कारण स्थानीय उत्पादनले बजार नपाइरहेकोमा अहिले आयात गर्न नसकेपछि स्थानीय तरकारीले बजार पाएको कृषक शैलेन्द्र भुजेलले बताउनुभयो । 

बाहिरबाट ल्याएको तरकारी सस्तो हुने र स्थानीय अर्गानिक उत्पादनको लागत केही बढी हुने हुँदा बाहिरबाट ल्याएको तरकारी बढी बिक्री हुन्थ्यो । तर बाहिरबाट ल्याउन नपाएपछि आफूहरुकै तरकारी बिक्री भैरहेको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय भोजपुरले जिल्लामा कोरोना भाइरस जिल्लामा भित्रिन सक्ने भन्दै बाहिरबाट तरकारी आयातमा रोक लगाएको छ। 

तर जिल्ला भित्रका किसानलाई जिल्लाका बजारमा पुर्याएर आफ्ना उत्पादन बेच्न कुनै बाधा नपुर्याएको भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइँटेलले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया