सङ्खुवासभामा एक हप्ता निषेधाज्ञा

 भदौ १२, २०७७ शुक्रबार १६:२४:४२ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा — सङ्खुवासभामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि एक हप्ताको लागि निषेधाज्ञा जारी गरिएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले शुक्रबार राति १२ बजेदेखि भदौ १८ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताउनुभयो । 

छिमेकी जिल्लाकासाथै सङ्खुवासभा पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि भयावहको स्थिति नआओस् भनेर निषेधाज्ञा जारी गरिएको प्रजिअ आचार्यले बताउनुभयो । 

उहाँका अनुसार विना काम घरबाहिर ननिस्कन, भेला जुलुस नगर्न र स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरिएको छ । यदि कसैले निषेधाज्ञाको अवज्ञा गरेको पाइएमा सङ्क्रामक रोग ऐन २०२० को दफा ३ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) अनुसार कारबाही हुने जनाइएको छ । 

यसअघि सङ्खुवासभामा आज (शुक्रबार) राति १२ बजेसम्म लकडाउन जारी गरिएको थियो ।

सङ्खुवासभामा शुक्रबार जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । ३३ वर्षीया महिला र २८ वर्षीय सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले सङ्खुवासभाको हिमालय किरण क्याम्पसको आइसोलेसनमा १० जना सक्रिय सङ्क्रमितको उपचार भइरहेको छ  भने पाँच ना निको भएर घर फर्किसकेका छन् ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया