नेपालको बिजुली बङ्गलादेशमा निर्यात शुरू
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डौ – सरकारी चिकित्सक सङ्घका अध्यक्ष डाक्टर रवीन खड्काले कोरोना महामारीको कठिन अवस्थाले पनि केही उत्साहजनक परिणाम ल्याएको बताउनुभएको छ ।
विश्वलाई नै तर्साइरहेको महामारीका बीच नेपालमा अस्पताल तथा अस्पतालमा शय्या थप भएको, जिल्ला अस्पतालहरुमा भेन्टिलेटरसहितका सुविधा सुरु भएको, आममानिसले सरसफाइलगायत स्वस्थ व्यवहारका आधारभूत कुराहरु व्यवहारमा लागू गर्न थालेको जस्ता परिणाम ल्याएको बताउनुभयो ।
उहाँले कोरोना महामारीविरुद्धको लडाइँ सबैको साझा लडाइँ रहेको भन्दै यसमा सरकार, नागरिक तथा स्वास्थ्यकर्मीले एकताबद्ध भएर लड्नुपर्ने बताउनुभयो ।
कतिपय ठाउँमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारसमेत भएको भन्दै उहाँले अग्रपङ्क्तिमा रहने लडाकु अर्थात् स्वास्थ्यकर्मीको मनोबल बढाउन सबै मिलेर प्रयास गर्नुपर्ने बताउनुभयो । यस्तै उहाँले सङ्क्रमितहरुलाई पनि भेदभाव नगर्न आग्रह गर्नुभयो ।
कोरोना सङ्क्रमण अर्बपतिदेखि सडकमा बस्ने सबैलाई जुनसुकै बेला हुन सक्ने भएकोले भोलि म पनि सङ्क्रमित हुन सक्छु भन्ने सोच्न उहाँले आग्रह गर्नुभयो । सङ्क्रमण भएको बेलामा आत्मबल चाहिने र यसको लागि सबैले सहयोग गर्नुपर्ने भन्दै उहाँले सङ्क्रमणबाट निको भइसकेकाहरु भोलि उपचारका लागि प्लाज्मा प्रयोग गर्न तथा समुदायमा हुने सङ्क्रमणको माध्यय बन्द गर्न उपयोगी हुने बताउनुभयो ।
यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नेपालमा अहिलेसम २० जना कोरोना सङ्क्रमित प्लाज्मा थेरापीको माध्ययमबाट भएको उपचारबाट निको भएको भन्दै त्यो प्लाज्मा सङ्क्रमितबाटै लिनुपर्ने बताउनुभयो ।
अहिलेसम्म सङ्क्रमण भएर निको भएका ४२ जनाले प्लाज्माका लागि रगत दान गरेकाे भन्दै उहाँले सङ्क्रमितको सम्मान गरेमा भोलि आफू वा आफन्तलाई आवश्यक परेको बेला रगत दिन सङ्क्रमण निको भएकाहरु तयार हुने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।