मेलुङ गाउँपालिकाका ६३ जनालाई रेबिजविरुद्धको खोप

 भदौ १२, २०७७ शुक्रबार १८:५९:२२ | उषा तामाङ
unn.prixa.net

दोलखा – मेलुङ गाउँपालिकाका ६३ जनालाई रेबिज रोगविरुद्धको खोप लगाइएको छ । १६ दिनको अवधिमा गाउँपालिकामा रेबिज रोग लागेको कुकुरको टोकाइबाट तीन जनाको ज्यान गएसँगै शुक्रबार ६३ जनालाई खोप लगाइएको हो । 

असार २६ गते गाउँपालिकाको वडा नम्बर ५ र ६ मा कुकुरले टोकेका तीन जना पुरुष र तीन जना महिला र केही समयअघि गाउँपालिकाको वडा नम्बर ७ का ६ जना गरी कुकुरले टोकेका १२ जनालाई शुक्रबार पहिलो चरणको खोप लगाइएको हो । 

त्यसैगरी रेबिज रोग लागेका कुकुरको टोकाइबाट ज्यान गएका तीन जनाको परिवार र कुकुरले टोकेका व्यक्तिको सम्पर्कमा गएका ५१ जनालाई खोप लगाइएको छ । उनीहरुलाई अर्को थप खोप भदौ १५ र १९ गते लगाइनेछ । 

खोप लगाउन तथा घटनाबारे बुभ्mन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट डाक्टर निशान्त ठाकुरको टोली गाउँपालिका आउनुभएको थियो । डाक्टर ठाकुरको टोलीले गाउँपालिकाका थप स्वास्थ्यकर्मी, पशु प्राविधिकलाई खोप र लगाउने तरिकाका विषयमा जानकारी गराएको छ । 

शनिबारदेखि दुई वटा समूह बनाइ गाउँपालिकाका सम्पूर्ण कुकुरलाई रेबिज रोगविरुद्धको ओप लगाइने मेलुङ गाउँपालिकाले जनाएको छ ।   

अन्तिम अपडेट: बैशाख ५, २०८१

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया