जुम्ला र कालीकोटको सिमाना नाग्म बजारमा पहिरोले चार घर पुरिए

 भदौ १४, २०७७ आइतबार १०:५१:२२ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट - जुम्ला र कालीकोटको सिमानामा पर्ने कालीकोटको तिलागुफा नगरपालिका वडा नं १ को नाग्म बजारमा पहिरो खस्दा चार ओटा घर पुरिएका छन ।  घरभित्र कम्तीमा पनि दश जना मानिस पुरिएको हुनसक्ने अनुमान गरिएकाे छ । 

यस क्षेत्रमा संचारको कुनै पनि सेवा र सुविधा नभएकाले जिल्ला प्रशासन कार्यालय कालीकोट र नजिकै पर्ने जुम्लामा खबर नहुँदा घरभित्र पुरिएका मानिसलाई उद्धार गर्न ढिला भएको स्थानीयले जनाएका छन् । कर्णाली राजमार्गकै किनारका घरहरुमा पहिरो खसेकाले अहिले राजमार्ग पूर्णरुपमा बन्द भएको छ। 

भत्केको घरभित्रबाट मानिसकाे आवाज आएकाे सुनिएकाले सरकारी निकायबाट तत्काल उद्धार टोली पुग्न सके केही व्यक्तिलाई जीवितै उद्धार गर्न सकिने सम्भावना रहेको स्थानीयले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख २, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया