कालीकोट पहिरो अपडेट : ११ जना पुरिए, एकको ज्यान गयाे

 भदौ १४, २०७७ आइतबार १२:५४:५७ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट - तिलागुफा नगरपालिका वडा नं १ मा गएकाे पहिरोमा परेर ११ जना हराएका छन् । नाग्म बजारमा शनिबार राति पहिरो जाँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

पहिरोमा पुरिएर शुभकालीका गाउँपालिका ५ वर्ष ५ का निराजन शाहीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी लोकनाथ तिमल्सिनाले बताउनु भयो ।

पहिरोमा पुरिएका तिलागुफा नगरपालिका ३ वर्ष ११ का अर्जुन हमाललाई जीवितै उद्धार गरी थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ । 

पहिरोमा परेकी हिमागाउँपालिकाकी ३५ वर्षीया पन्ना शाहीको जीवितै उद्धार गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया