कालीकोट पहिरो अपडेट : ज्यान गुमाउनेको सङ्ख्या १० पुग्यो

 भदौ १५, २०७७ सोमबार १०:२०:२७ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट  - कालीकोटको तिलागुफा नगरपालिका १ नाग्म बजारमा गएको पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको छ ।

गएराति भेरीगंगा नगरपालिका १ सुर्खेतका आइती खड्का र वीरेन्द्रनगर नगरपालिकाका अमृत थापाको शव भेटिएसँगै ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको हो ।

हिजो एकै परिवारका चारसहित आठ जनाको शव भेटिएको थियो ।  हिजो नाग्म बजारमा व्यापार व्यवसाय गर्ने शुभकालिका गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय परेक शाही, उहाँको ५ वर्षीय छोरा निराजन, दुई महिनाको छोरा अक्कल र ७ वर्षीया छोरी हिमा, तिलागुफा नगरपालिका वडा १ का ३५ वर्षीय मनवीर बडुवाल, २७ वर्षीय टेक भेरिकार, २४ वर्षीया थाइला भेरिकार र १० वर्षीय गजेन्द्र भेरिकारको शव भेटिएको थियो ।

पहरोमा परेर २ जना अझै हराइरहेका छन् । कालीकोटको नाग्म तिलागुफा नगरपालिका जुम्लाको हिमा र कालीकोटको तिला गाउँपालिकाको व्यापारिक केन्द्र हो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया