काठमाण्डाै उपत्यका वरिपरि ५ लाख पर्यटक अट्ने पूर्वाधार तयार गरिने

 भदौ १५, २०७७ सोमबार १६:१८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले काठमाण्डौ उपत्यका वरिपरि पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिनुभएको छ  । 

मन्त्रालयमा सोमबार नेपाल पर्यटन बोर्डका निर्देशकहरुसँगको छलफलमा मन्त्री भट्टराईले सार्वजनिक बिदाको दिनमा उपत्यका वरिपरि पाँच लाख पर्यटक अट्ने गरी पर्यटन पूर्वाधार पदमार्ग, साइक्लिङ, ट्रेल पर्यटन उपजको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेस गर्न निर्देशन दिनुभएको हो । 

उहाँले प्रदेशस्तरमा प्रदेश सरकारसँग समन्वय गरी पर्यटन बोर्डको शाखा चाँडो गठन गर्नसमेत निर्देशन दिनुभएको छ । मन्त्री भट्टराईले पर्यटन बोर्डलाई सात वटा भाषा नेपाली, हिन्दी, चिनियाँ, अरबी, पोर्चुगल र स्पेनिस भाषामा डिजिटल सामग्री तयार गर्न आग्रह गर्नुभयो । 

मन्त्री भट्टराईले अनावश्यक खर्च कटौती गरी आर्थिक मितव्ययिता कायम गर्न निर्देशन दिनुभयो । विदेश तथा स्वदेशमा हुने भ्रमण खर्चमा कटौती गर्न निर्देशन दिनुभएको हो । उहाँले पर्यटन बोर्डका पदाधिकारीलाई कोभिड–१९ को महामारीको समयमा भर्चुअल टुरका प्याकेज बनाउन आग्रह गदै विश्व सम्पदा, हिमाल, ट्रेकिङ सिमसार, म्युजियम निकुञ्जलगायतका भर्चुअल टुरको सामग्री तयार गर्न निर्देशन दिनुभएको हो ।

मन्त्री भट्टराईले अहिलेको खोज अनुसन्धान, योजना निर्माण, रिर्पोट तथा पर्यटकीय क्षेत्रकावृत्त चित्रलगायत सामग्री प्रकाशन तथा प्रसारण गर्न आग्रह गर्नुभयो । उहाँले कोभिडका कारण पर्यटन व्यवसायी, पर्यटन मजदुरलगायतमा देखिएका समस्या तथा पलायन रोक्न मनोसामाजिक परामर्श सेवा सुरु गर्न पर्यटन बोर्डलाई निर्देशन दिनुभयो । 

उहाँले विभिन्न देशमा रहेका पर्यटन डेक्सलाई सक्रिय बनाइ स्वदेश तथा विदेशमा पर्यटन क्षेत्रका सङ्घ संस्थासँग नेटवर्क विस्तार गर्नसमेत आग्रह गर्नुभयो । कोभिड–१९ ले सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेको भन्दै मन्त्री भट्टराईले कोभिडपछि पर्यटन उत्थानका लागि के–के गर्न सकिन्छ, त्यसको आवश्यक योजना बनाउनसमेत आग्रह गर्नुभयो । 

मन्त्री भट्टराईले नेपालमा स्वास्थ्य, शिक्षा, खेलकुद पर्यटनको सम्भावनाका बारेमा अध्ययन अनुसन्धान गर्न आग्रह गर्नुभयो ।  

छलफलमा पर्यटन बोर्डका कार्यकारी निर्देशक डाक्टर धनञ्जय रेग्मीले आर्थिक वर्ष २०७६/०७७ को प्रगति र २०७७/०७८ का कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।   

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Milan Shrestha

    Aug. 31, 2020, 5:02 p.m.

    नमस्ते ! मेरो नाम मिलन श्रेष्ठ - हाल - यु ए इ मा कार्यरत रहेको छु र घर आउनको लागी आज अबुधाबी स्थित नेपाल ट्राभलमा बुझ्न गएको थिए र टिकट को रेट 2500 दिराम र हामी जस्तो समस्यामा परेको मान्छेले कसरी त्यति महँगो टिकट काटेर घर आउनु , कम्पनीले टिकट पनि दिएको छैन र काम नभएकोले गर्दा - सेलरि समेत पाएको छैन यसबारे नेपाल सरकारले राम्रोसंग छानविन गरोस घर आउन चाहने नागरिकका लागि यति धेरै भाडा किन तोकेको नेपाल सरकारले ?? धन्यवाद !!

  •  0 Reply

तपाईको प्रतिक्रिया