आज गण्डकी प्रदेशदेखि पश्चिमतिर पानी पर्ने

 भदौ १७, २०७७ बुधबार ७:५१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अहिले गण्डकी प्रदेश र प्रदेश ५ मा हल्कादेखि मध्यमखालको पानी परिरहेको छ । बाँकी प्रदेशका एक/दुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित सामान्य पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सर्ने क्रममा रहेकोले गण्डकी प्रदेशदेखि पश्चिमतिरका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद समीर श्रेष्ठले जानकारी दिनुभयो । आज राति पनि देशभरको मौसम सामान्य बदली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई ठाउँमा आजराति ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया