अर्घाखाँचीमा २४ गतेसम्म लकडाउन थप

 भदौ १७, २०७७ बुधबार १२:१०:२२ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीमा भदौ २४ गते राति १२ बजेसम्मका लागि लकडाउनको अवधि थपिएको छ ।  

आज बुधबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ( डीसीसीएमसी)को बैठकले लकडाउन थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताउनुभयो ।

आज राति  १२ बजेसम्मको लागि यस अघि नै लकडाउन गरिएकोमा यसलाई बढाएर २४ गते राति १२ बजेसम्म लगिएको हो । 

तराईसँग सीमाना जोडिएका छिमेकी जिल्ला रुपन्देही, कपिलवस्तुमा दैनिक कोरोना सङ्क्रमितको संख्या बढीरहेको र अर्घाखाँचीमा पनि समुदाय स्तरमा कोरोना सङ्क्रमित बढ्न लागेपछि लकडाउन थपिएको प्रशासनले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया