अब हरेक प्रदेशमा रंगशाला, २ अर्ब चार करोड छुट्याइयो

 जेठ १५, २०७५ मंगलबार १७:४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १५ – सरकारले हरेक प्रदेशमा रंगशाला बनाउने भएको छ । 

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संसदमा पेश गरेको बजेटमा हरेक प्रदेशमा ठूला रंगशाला बनाउने उल्लेख छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र तेह्रौ दक्षिण एसियाली खेलकुदको संरचना निर्माणको लागि  २ अर्ब ४ करोड रुपैयाँ सरकारले छुट्याइएको छ । स्थानीय तहमा खेल ग्राम बनाइने पनि बजेटमा उल्लेख छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया