आज प्रदेश १ र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

 भदौ १९, २०७७ शुक्रबार ७:१६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आज प्रदेश १ र गण्डकी प्रदेशको एक, दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 

देशका अरु ठाउँमा भने सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । 

उहाँका अनुसार आज दिउँसो देशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । 

राति पनि प्रदेश १ र गण्डकी प्रदेशको एक, दुई ठाउँबाहेक अरु ठाउँमा मेघगर्जनसहित सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । अहिले पानी पार्ने कुनै पनि प्रणाली नेपालमा नभएकोले देशका सबैजसो ठाउँमा ठूलो पानी वा झरी पर्ने सम्भावना छैन ।

भोलि र पर्सि पनि देशभरकै मौसम आंशिकदेखि सामान्य बद्ली भएर हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया