आज राति प्रदेश १, २ वाग्मती र गण्डकीमा ठूलो पानी पर्ने

 भदौ २१, २०७७ आइतबार ७:१५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अहिले प्रदेश १, २ र वाग्मती तथा गण्डकी प्रदेशको केही ठाउँमा हल्का वर्षा भइरहेको छ । 

दिउँसो देशभर बदली रही केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

राति प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशको एक वा दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

अरु ठाउँमा भने हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।  भोलि र पर्सिको मौसम पनि यस्तै रहने अनुमान छ । अबको २, ३ दिन लगातार ठूलो पानी पर्ने वा झरी पर्ने सम्भावना भने नभएको मौसमविद् पौडेलले बताउनुभयो।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया