एक जिल्लामा बत्ती गए तीन जिल्ला अन्धकार

 भदौ २१, २०७७ आइतबार १४:४८:३९ | रासस
unn.prixa.net

दैलेख – कर्णाली प्रदेशका तीन जिल्लामा ३३ वर्ष पुरानो विद्युत् संरचनाका कारण नागरिक सधैँ समस्यामा पर्ने गरेका छन् । विद्युत् अनियमित हुँदा प्रदेशको राजधानी सुर्खेत, दैलेख र जाजरकोटमा एउटै फीडर प्रयोग गरिएको छ । कुनै एक स्थानमा बत्ती गएपछि सबै स्थान अन्धकार हुनाले उपभोक्ताले समस्या भोग्नु परेको छ ।  

विद्युत् लाइन विस्तार गरिएको कतिपय स्थानमा पुराना र जीर्ण खम्बा भएकाले सामान्य  हुरी आउँदा वा रुखका हाँगाले छुँदा पनि विद्युत् सेवा बन्द हुने गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै सुर्खेत जोडिएको प्रसारण लाइनमा रुखका साना हाँगाबिँगाले खम्बामा बारम्बार क्षति पुग्ने गरेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र सुर्खेतका प्रमुख टङ्कराज गिरीले जानकारी दिनुभयो । मर्मत गर्न पनि निकुञ्जको अनुमति लिनुपर्ने बाध्यताका कारण धेरैजसो मर्मतमा ढिलाइ हुने गरेको गिरीको गुनासो छ । 

तीन जिल्लाको विद्युत् समस्या समाधानका लागि दैलेखको चुप्रामा १३२ केभीए प्रसारण लाइनको विस्तार गर्ने केन्द्र सरकारको योजना भने सुरु हुन सकेको छैन । जग्गा खोजी गर्ने, लाइन विस्तार गर्नेलगायत कामका लागि गएकाे वर्षदेखि सुरुवात गरिए पनि अहिलेसम्म कुनै काम हुन नसकेको हो । 

सरकारले कोहलपुर–सुर्खेत प्रसारण लाइनको क्षमता विस्तार प्रक्रिया अघि बढाएको सात वर्ष बितेको छ । विसं २०४५ मा विस्तार गरिएको विद्युतकाे पुरानो संरचना र क्षमता अहिलेको मागअनुसार पर्याप्त नहुँदा नागरिकले सास्ती झेल्नुपरेको छ । 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया