हरेक स्थानीय तहमा सुपथ मूल्य पसल

 जेठ १५, २०७५ मंगलबार १७:८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १५ – अब हरेक स्थानीय तहमा सुपथ मूल्य पसल खोलिने भएको छ । 

मंगलबार अर्थमन्त्री युवराज खतिवडाद्वारा सार्वजनिक भएको बजेटमा सहकारी संस्थामार्फत हरेक स्थानीय तहमा सुपथ मूल्य पसल खोल्ने उल्लेख छ । अब नागरिकले गाउँघरमै सुपथ मूल्य पसलबाट सहुलियतमा घरायसी सामान किन्न सक्ने बजेटमा उल्लेख छ ।

यस्तै बजार अनुगमन पनि स्थानीय तहले गर्ने बजेटमा उल्लेख छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया