साउदीले थप एक महिना निःशुल्क भिसाको अवधि बढाइदियो, घर बिदामा गएकाको पनि म्याद थप हुने

 भदौ २३, २०७७ मंगलबार १८:४२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीले आप्रवासी श्रमिकको भिसा र रेसिडेन्सी परमिट (बसोबासको अनुमति) थप एक महिना बढाइदिने भएको छ ।

साउदीको पासपोर्ट विभागले कोरोना महामारीका कारण साउदी बाहिर रहेका र साउदीमै रहेका आप्रवासी श्रमिकको भिसा अवधि थप एक महिना निःशुल्क बढाइदिएको अरब न्युजले खबर लेखेको छ । यो अवधि स्वत: स्फूर्त लागू हुनेछ ।

यो नियम भिसा र रेसिडेन्सी परमिट कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान र सिमाहरु बन्द भएका कारण तोकिएको समयमा देश छाड्न र साउदी फर्कन नपाएका आप्रवासी श्रमिकको हकमा मात्र लागू हुने साउदीले जनाएको छ । कोरोना महामारीभन्दा अघि नै भिसाको अवधि सकिएर गैरकानुनी भएकाको हकमा भने यो नियम लागू हुने छैन । यो नियम लेबर र घरेलु कामदार दुवैको हकमा लागू हुनेछ ।

साउदीबाट बिदामा आफ्नो देश गएका तर महामारीका कारण फर्कन नपाएका नेपालीसहित सबै विदेशी श्रमिकले यो नियमबाट फाइदा लिन सक्नेछन् ।

यस्तै साउदीले फाइन एक्जिट भिसाको अवधि पनि निःशुल्क एक महिना बढाएको छ । यो अवधि सेप्टेम्बर ३० सम्म कायम हुनेछ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया