काठमाण्डौमा कुन पसल कहिले खोल्ने, कहिले बन्द गर्ने ?

 भदौ २५, २०७७ बिहिबार ६:१२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा आज बिहीबारदेखि निषेधाज्ञा खुकुलो भएसँगै पसलहरु आलोपालो खोल्न पाइने भएको छ । 

औषधि र स्वास्थ्य सामग्री बिक्रीवितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि सञ्चालन गर्न पाइनेछ ।  खाद्यान्न, दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु बिक्री गर्ने पसलहरु बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ । 

यस्तै विकास निर्माणसँग सम्बन्धित सामग्री बिक्रीवितरण गर्ने पसल तथा व्यवसायका साथै ढुवानीका लागि प्रयोग हुने गाडी दिउँसो २ बजेदेखि बेलुका ७ बजेसम्म खोल्न पाइने भएको छ । टेक अवे सेवाको साथै अनलाइन डेलिभरी सेवा उपलब्ध गराउने गाडी दिउँसो १२ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न सकिनेछ । सहकारी संस्थाहरु बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

सपिङ मल, फेन्सी स्टोर, कपडा, जुत्ता पसल, कस्मेटिक पसललगायत पसलहरु सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइनेछ । भाँडा र भान्साजन्य साथै यस्तै प्रकृतिका अरु पसलहरु आइतबार, मंगलबार, र शुक्रबार खोल्न सकिनेछ ।

फर्निचर र अटोमोबाइलसम्बन्धी पसल सोमबार र बुधबार खोल्न पाइनेछ । फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु, इलेक्ट्रोनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न पाइनेछ ।

गाडी मर्मतसम्बन्धी वर्कसप बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न सकिनेछ । उद्योग, कलकारखाना सञ्चालन गर्दा कामदारहरुको खाने बस्ने व्यवस्थाका लागि अनिवार्य रुपमा उद्योग परिसरमै क्याम्पमा राख्ने व्यवस्था सामग्री सम्बन्धित उद्योग, कलकारखाना आफैँले प्रबन्ध गर्नुपर्ने छ ।

यी सबै पसल, व्यवसाय सञ्चालन गर्दा र खोल्दा स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्न काठमाण्डौ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएका छन् ।


 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया