चर्च ब्वाइजलाई हराउँदै पुलिस 'पोखरा गोल्डकप' को फाइनलमा
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हिमाल आरोहण र पदयात्रा खुला गर्न सीसीएमसीमा प्रस्ताव पठाएको बताउनु भएको छ ।
कोभिड–१९ सङ्क्रमणको कारण लामो समय लकडाउन हुँदा पर्यटन क्षेत्र पूर्णरुपमा बन्द भएकोले यसलाई खुला गर्न पहिलो चरणमा कम बस्ती भएका क्षेत्रमा पदयात्रा गर्न र हिमाल आरोहण गर्न सीसीएमसीमा प्रस्ताव पठाएको बताउनुभएको हो ।
बिहीबार आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको पर्यटन क्षेत्रका सरोकारवालाहरुसँगको भर्चुअल मिटिङमा बोल्दै मन्त्री भट्टराईले चरणबद्ध रुपमा पर्यटन क्षेत्र खोल्ने नीतिअनुसार पहिलो चरणमा हिमाल आरोहण र पदयात्रालाई खोल्न लागिएको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रलाई चलायमान बनाउँदै लैजानका लागि असोज १५ गतेभित्रमा आन्तरिक उडानलाई खोल्ने तयारी भइरहेको पनि बताउनुभयो ।
पहिलो चरणमा उच्च पहाडी र पहाडी जिल्लामा २५ प्रतिशत उडान अनुमति दिएर आन्तरिक उडान सुरु गर्न लागिएको मन्त्री भट्टराईले बताउनुभयो । यस्तै पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय बजारमा पहुँच स्थापना गर्न पर्यटन बोर्डलाई विभिन्न देशमा सेलहरु निर्माण गरेर काम गर्न निर्देशन दिइसकेको समेत उहाँले बताउनुभयो ।
नेपाल एसाेसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्यूत गुरागाईंले विगतमा आन्तरिक पर्यटनलाई बेवास्ता गरी डलरको पछाडि दौडिँदा अहिले पर्यटन क्षेत्र उठ्नै नसक्ने अवस्थामा पुगेको बताउनुभयो ।
पर्यटन क्षेत्रलाई सुरु गर्न बाह्य उडानलाई बढाउने, विदेशी पर्यटकलाई नियमित उडानमार्फत ल्याउने, एअरपोर्टमा पीसीआर गर्ने व्यवस्था गर्नुपर्ने र क्वरेण्टीनमा बस्ने समय घटाउने लगायतका काम सरकारले तत्काल गर्नुपर्नेमा उहाँकाे जाेड छ । त्यस बाहेक पर्यटन व्यवसायीलाई आफ्नो व्यवसाय सुरु गर्न पुनर्उत्थान कोषबाट छिटोभन्दा छिटो चालु पुँजी उपलब्ध गराउन र दीर्घकालीन पर्यटनका लागि आन्तरिक पर्यटनलाई बढाउनुपर्ने बताउनुभयो ।
होटल सङ्घ नेपालका उपाध्यक्ष विनायक शाहले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिबाट ल्याएको पुनर्उत्थान कोषको उपयोग अझै गर्न नपाउँदा समस्या भएको बताउनुभयो । उहाँले व्यवसायीले पुनर्कर्जाको लागि असोज १५ गतेसम्म आवेदन दिने म्याद रहेको र त्यसपछि पनि कहिले प्राप्त हुन्छ भन्ने कुरामा अझै पनि स्पस्ट हुन नसकेको बताउनुभयो ।
त्यस बाहेक होटल कहिले खोल्ने, पर्यटकलाई कहिलेदेखि नेपाल ल्याउने भन्ने सम्बन्धमा सरकार अझै पनि स्पस्ट हुन नसकेको बताउनुभयो ।
नेपालको पर्यटन क्षेत्रमा करिब १५ खर्ब रुपैयाँ लगानी रहेको छ । झण्डै १० लाख मानिसहरुले रोजगारी पाएका छन् । तर कोभिड–१९ सङ्क्रमणका कारण अधिकांशले रोजगारी गुमाइसकेका छन् भने देशको अर्थतन्त्रमा ठूलो नोक्सानी भइसकेको छ । त्यसैले सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहित पर्यटन क्षेत्रलाई तत्काल सुरु गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।