पीसीआर रिपोर्ट उल्टोपाल्टो पारेर भ्रम फैलाउने दुई जना पक्राउ

 भदौ २६, २०७७ शुक्रबार १३:५१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – कास्कीमा सामाजिक सञ्जालमार्फत कोरोनाको पीसीआर रिपोर्टसम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पर्वतको मोदी गाउँपालिकाका ईश्वर रिमाल र चितवनका निरज लम्साललाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरु दुवै जनाले प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखरामा कोरोनाको पीसीआर परीक्षण गरेका थिए ।

दुई जनाकाे रिपाेर्टमध्ये एक जना (रिमाल) काे रिपाेर्टलाई उनीहरू दुई जना मिलेर उल्टोपाल्टो गरी सामाजिक सञ्जालमा पोस्ट गरेर अफवाह फैलाएका थिए ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया