दुर्लभ कछुवासहित पाँच जना पक्राउ

 भदौ २७, २०७७ शनिबार २०:१७:४८ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रहरीले काठमाण्डाै दुर्लभ वन्यजन्तु कछुवासहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत भेरीगङ्गाका सर्वराज बुढा, नुवाकोट बेलकोटगढी नगरपालिका ५ बस्ने सुरेन्द्र श्रेष्ठ र प्रमोद बास्कोटा, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ८ बस्ने सन्तोष रम्तेल र रौतहटका रुपेश तिमिल्सिना रहेका छन् ।

विशेष सूचनाको आधारमा काठमाण्डाै महानगरापलिका १४ कलङ्कीबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । उनीहरुलाई प्रहरी वृत्त कालिमाटी र महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।

गएराति चितवनबाट बिक्री वितरण गर्न कछुवा काठमाण्डाै ल्याउँदै छ भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार कछुवा ३५ लाख रुपैयाँमा बिक्री गर्न मोलतोल भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया