संसारका ४० देशमा रहेका नेपाली कोरोनाबाट प्रभावित, २ सय ४३ को ज्यान गयो

 भदौ २८, २०७७ आइतबार ७:२१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणबाट विदेशमा विभिन्न मितिमा थप ४३ जना नेपालीको ज्यान गएको पुष्टि भएको छ ।

गएको मार्च महिना यता साउदी अरबमा मात्रै ४१ जनाको नेपालीको कोरोनाको कारण ज्यान गएको साउदीमा रहेको नेपाली दूतावासलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले जनाएको छ । योसँगै साउदी अरबमा मात्रै कोरोनाको कारण ५२ जना नेपालीको ज्यान गएको छ ।

यस्तै गएको साता कतारमा पनि थप २ जना नेपालीको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । यो सँगै शनिबार साँझसम्म विदेशका विभिन्न १६ देशमा कोरोनाबाट २ सय ४३ नेपालीको ज्यान गएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाले जानकारी दिनुभयो ।

बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका हुन् ।

स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, भारत, कतार, र साउदी अरब लगायतका देशमा कोरोना सङ्क्रमणदर सामान्य रुपमा वृद्धि भएको छ ।

समितिका अनुसार अहिलेसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन्।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया