बाग्लुङ : पहिराेले तीन घर पुर्यो, एकको ज्यान गयो

 भदौ २८, २०७७ आइतबार १०:५९:२५ | रासस
unn.prixa.net

बाग्लुङ - बाग्लुङको जैमिनी नगरपालिका-१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको ज्यान गएको छ । कुश्मीशेराको टुनीवटमा घरमाथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको ज्यान गएको हो ।
 
उहाँका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते हुनुभएको छ । पाध्यालाई स्थानीयबासीले उद्धार गरेका थिए । उहाँलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा लगिएको छ ।

बागलुङ-कुश्मीशेरा सडक निर्माणका क्रममा लगाइएको तारजालीसहितको पहिरोले टुनीबोटका तीन घरमा क्षति पुर्याएको स्थानीयबासी केदार पौडेलले बताउनुभयो ।

आज बिहान ५ बजे खसेको पहिरोले तीनै घरका गोठमा समेत क्षति पुर्याएको छ । पहिरोका थप विवरण आउन बाँकी छ । प्रहरी चौकी कुश्मीशेराको टोली घटनास्थलमा पुग्दै गरेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया