आज राति देशका केही ठाउँमा ठूलाे पानी पर्ने सम्भावना, सावधानी अपनाउन माैसमविद्काे सुझाव

 भदौ २९, २०७७ सोमबार १८:१९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – अहिले देशैभरको मौसम बदली भइ केही ठाउँमा ठूलो पानी परिरहेको छ । वाग्मती प्रदेशको मकवानपुरगढी आसपासका क्षेत्रमा अहिले वर्षा भइरहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

यस्तै प्रदेश २ को बारा, पर्साका केही ठाउँमा पनि पानी परिरहेको उहाँले बताउनुभयो । प्रदेश १ को उदयपुरलगायतका जिल्लामा पनि वर्षा भइरहेको छ ।

यस्तै साेमबार राति पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँका अनुसार प्रदेश १, २, ३ तथा वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

केही ठाउँमा ठूलो पानी पर्ने भएकाले पहाडी क्षेत्रमा पहिरोको खतरा रहेकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया