भूकम्पमा भत्किएकाे घरकाे फाेटाे देखाएर पहिराे पीडितकाे राहत लिने ६ जना पक्राउ

 भदौ ३०, २०७७ मंगलबार १९:५८:४७ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा घर भत्किएको भनेर नक्कली कागजात बनाएर राहत रकम बुझ्ने ६ जना पक्राउ परेका छन् ।

नभत्किएको घरलाई भत्किएको भनी नक्कली फोटो तथा नक्कली कागजात बनाएर राहत रकम लिने भूमिकास्थान नगरपालिका ९ ढिकुराका ६ जनालाई प्रकाउ गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलले बताउनुभयो । 

उनीहरुले पहिरोले घर भत्किएको भनेर भूकम्पमा भत्किएका घरका फोटोसमेत राखेर नक्कली मुचुल्का तथा स्थानीय वडा कार्यालयको सिफारिस बनाएर जिल्ला प्रशासन कार्यालयबाट १५ हजार रुपैयाँका दरले राहत रकम बुझेका थिए । 

स्थलगत अनुगमन गर्दा उनीहरुले नक्कली कागजात बनाएर रकम बुझेको भेटिएपछि पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले बताएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया