तीन वर्षपछि ‘बी’ डिभिजन लिग माघमा हुँदै
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – सिन्धुपाल्चोककको बाह्रबिसे नगरपालिकाको राम्चे केन्द्रबिन्दु भएर बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गयो । भूकम्पले काठमाण्डौसहित अरु जिल्लामा पनि धक्का महसुस भयो ।
सुतिरहेकाहरु जर्याकजुरुक उठे । ६ रेक्टरको भूकम्प र सिन्धुपाल्चोक केन्द्रबिन्दु भन्ने थाहा भएपछि सबैलाई चिन्ता लागेको छ, यसले कतै फेरि धनजनको नोक्सानी त गरेन ? सिन्धुपाल्चोक प्रशासन र बाह्रबिसे नगरपालिकाले क्षति भएकोबारे जानकारी नआएको जनाएका छन् ।
तर २०७२ सालको भूकम्पले सबैभन्दा बढी असर गरेको, धाँजा फाटेकाले अहिले पनि बाढी पहिरोले धनजनको क्षति पुर्याइरहेको सिन्धुपाल्चोकमा यो भूकम्पको धक्काले थप जोखिम भने बढाएको छ ।
बाह्रबिसे नगरपालिकाका उपप्रमुख सुशीला पाख्रीनले अहिलेसम्म ठूलो खालको नोक्सानी भएको खबर नआएको र आफूले थप बुझ्ने प्रयास गरिरहेको बताउनुभयो । तर भूकम्पले पहिरोको जोखिम बढाएकाले आवश्यक सतर्कताका लागि पहल भइरहेको उहाँले बताउनुभयो । उहाँले विभिन्न ठाउँमा सम्पर्क गरिरहेको पनि बताउनुभयो ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले भूकम्पपछि पहिरोको जोखिम थप बढेकाले सम्भावित घटनाप्रति तयारी अवस्थामा रहेको उज्यालोलाई जानकारी दिनुभयो । जिल्लाका सबै सुरक्षा निकायहरुलाई तयारी अवस्थामा रहन निर्देशन पनि दिइसकेको उहाँले बताउनुभयो । भूकम्प गएको ठाउँको अवस्थाबारे थप जानकारी लिइरहेको पनि उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।