भदौ महिनामा मात्रै ४० देशमा जान १५ सय २५ जनाले लिए श्रम स्वीकृति

 असोज १, २०७७ बिहिबार १५:३८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रोजगारीका लागि विदेश जान भदौ महिनामा मात्रै १५ सय २५ जनाले श्रम स्वीकृति लिएका छन् ।

भदौ महिनामा मात्रै ४० देशमा जानका लागि १४ सय १८ जना पुरुष र १०७ जना महिलाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालयले जनाएको छ । यो तथ्याँक नयाँ श्रम स्वीकृति, पुन: श्रम स्वीकृति लिनेको हो ।

कोरोना महामारीकै बेलामा पनि नेपालीहरु पुनः श्रम स्वीकृति लिएर विभिन्न देशमा जान थालेका छन् भने नयाँ श्रम स्वीकृति पनि खुलेको छ ।

कुन देश जाने कति ?

भदौ महिनामा सबैभन्दा धेरै यूएई जानका लागि श्रम स्वीकृति लिइएको छ ।

यूएईका लागि ७७७ पुरुष र ६५ जना महिलाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालयले जनाएको छ । यूएईपछि खाडीकै अर्को देश कतारका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या रहेको छ । कतारका लागि २५५ जना पुरुष र २ जना महिला गरी २५७ जनाले श्रम स्वीकृति लिएका छन् ।

त्यसैगरी साउदीका लागि ५५ जना, ओमानका लागि ४१ जना, बहराइनका लागि ५६ जना, कुवेतका लागि २५ जनाले श्रम स्वीकृति लिएका छन् भने मलेसिया जानका लागि ३३ जनाले श्रम स्वीकृति लिएका छन् ।

यस्तै अफगानिस्तानका लागि १० जना, अस्टे«लियाका लागि १ जना, बेल्जियमका लागि १ जना, ब्रुनाईका लागि ७ जना, क्यानडाका लागि ८ जना, साइप्रसका लागि १५ जना, चेक रिपब्लिकका लागि ४ जना, जापानका लागि १६ जना, माल्दिभ्सका लागि ३८ जना, मालिका लागि १ जना, माल्टाका लागि ५ जना, नेदरल्याण्डका लागि ३ जना, पोल्याण्डका लागि १४ जना, पोर्चुगलका लागि १३ जनाले श्रम स्वीकृति लिएका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया