नेपाली भूमिमा नेपालको आफ्नै रेल (फोटो फिचर)

 असोज २, २०७७ शुक्रबार ९:२७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - जनकपुर – जयनगर चल्ने नेपालको आफ्नै रेल नेपाली भूमिमा प्रवेश गरेको छ । भारतमा निर्माण भएको रेल भारतको जयनगर स्टेशनबाट जनकपुर ल्याईंदैछ ।

अहिले रेल नेपाली भूमि प्रवेश गरेको र दिउँसोसम्म जनकपुर आइपुग्ने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो ।

नेपालको राष्ट्रिय झण्डा अंकित दुई वटा रेल भारतको बिहारमा रहेको हाजीपुर स्टेसनबाट जयनगर हुँदै जनकपुर ल्याइएको हो ।

लामो समयदेखि बन्द रहेको रेल जनकपुर आउने निश्चित भएपछि स्थानीयबासिन्दा उत्साहित भएका छन् ।

आवश्यक कानून बनाएर दशैँ–तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ ।

भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको होे ।

जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको रेलमार्गको भौतिक पूर्वाधार निर्माण भइसकेको छ ।

कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ ।

(फोटो: रेल विभागका महानिर्देशक बलराम मिश्रको फेसबुकबाट)

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • Chandra subba

    Sept. 18, 2020, 3:46 p.m.

    रेल आयो खुशीको कुरा हो ।तर यो रेल त्यसै थन्केर नबसोस। कति घोटाला अनि कति मूल्य स्वाहा ।हाम्रो रगत पसिना खेर नजवोस।

  •  0 Reply

तपाईको प्रतिक्रिया