नेपालको पर्यटन क्षेत्रमा सहकार्य गर्न ओमानको तत्परता

 असोज २, २०७७ शुक्रबार १२:४९:२५ | उज्यालो सहकर्मी

काठमाण्डौ – ओमानले नेपालको पर्यटन क्षेत्रमा सहकार्य गर्न तत्परता देखाएको छ ।

ओमानका सम्पदा तथा पर्यटनमन्त्री स्यालिम विन मोहम्मद अल र्महुक्कील र ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालबीच बिहीबार भएको भेटमा मन्त्री स्यालिमले नेपालको प्राकृतिक सम्पदा र संस्कृतिको प्रशंसा गर्दै आउँदा दिनमा पर्यटनको क्षेत्रमा सहकार्य गर्न तत्परता देखाउनुभएको हो ।

बिहीबार राजदूत पराजुलीले ओमानका सम्पदा तथा पर्यटन मन्त्रीको कार्यकक्षमा भेट गर्नुभएको थियो । भेटमा राजदूत पराजुलीले पछिल्लो समय ओमानी पर्यटकको सङ्ख्या बढेको भन्दै ओमान सरकारबाट पर्यटन प्रवर्द्धनमा सहकार्यका लागि अनुरोध गर्नुभएको थियो ।

मन्त्री स्यालिमले निकट भविष्यमा नै पर्यटन क्षेत्रमा पनि एक सम्झौतामा हस्ताक्षर हुने विश्वास व्यक्त गर्नुभएको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया