बेलायतमा डेढ घण्टामै कोरोना परीक्षणको नतिजा आउने उपकरणको प्रयोग सुरु

अरु रोगको तत्काल उपचार चाहिने बिरामीका लागि उपयोगी हुने

 असोज २, २०७७ शुक्रबार १९:३५:२३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बेलायतमा डेढ घण्टाभित्रै कोरोना भाइरसकाे सङ्क्रमण भएकाे/नभएको परीक्षण गर्न सकिने प्रविधि प्रयोगमा आएको छ ।

सङ्कलन गरिएको स्वाब विशेष प्रयोगशालामा नलगी सानो यन्त्रबाट परीक्षण गर्न सकिने प्रविधिको प्रयोग सुरु भएको र उत्साहजनक नतिजा देखिएको वैज्ञानिकहरूले बताएका बीबीसीले जनाएको छ ।

बेलायतको इम्पेरियल कलेजले गरेको अध्ययनमा डेढ घण्टामै नतिजा दिने ल्याब अन अ चिपले अहिले प्रचलनमा भएको प्रयोगशाला परीक्षणको जस्तै परिणाम दिएको खबरमा उल्लेख छ । त्याे उपकरण अहिले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसले सञ्चालन गरेका आठ वटा अस्पतालमा प्रयोग भइरहेको छ ।

डीएनए नज कम्पनीले बनाएको यो उपकरण घाँटी वा नाकबाट नमुना सङ्कलन गर्न सक्ने जो सुकैले पनि प्रयोग गर्न सक्ने खबरमा उल्लेख छ ।

अहिले प्रयोगमा रहेका प्रयोगशालामा जस्तो एकै पटक धेरै नमुना परीक्षण नभइ एक पटकमा एक जनाको मात्रै परीक्षण हुने भएकोले समूहमा गरिने परीक्षणभन्दा तत्काल अरु उपचार चाहिएका बिरामीका लागि यो उपकरण प्रभावकारी हुने विज्ञहरुले बताएका छन् ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया