संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फहराइयो

 असोज ४, २०७७ आइतबार १०:४३:१८ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई - संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फहराइएको छ । नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा संयुक्त अरब इमिरेट्सको दुबईमा रहेको संसारकै सबैभन्दा अग्लो भवनमा दोस्रो पटक नेपाली झण्डा फहराइएको हो ।

नेपाली दूतावासको प्रयासपछि यूएई सरकार, बुर्ज खालिफा व्यवस्थापन तथा इमार होल्डिङ कम्पनीले दोस्रो पटक एक मिनेटका लागि नेपाली झन्डा फहराएको हो । यूएई सरकारले गएको वर्ष पनि बुर्ज खालिफामा नेपाली झण्डा फहराउन दिएको थियो ।

त्यस्तै आबुधाबीमा रहेको नेशनल आयल कम्पनीको केन्द्रीय कार्यालयको भवनमा पनि नेपाली झण्डा फहराइएको छ । यो भवन आबुधाबीकाे अग्लो भवनमध्ये दोस्रो अग्लो भवन हो । संसारकै अग्लो भवन बुर्ज खालिफा र आबुधाबी नेशनल आयल कम्पनीको केन्द्रीय कार्यालय भएको भवनमा संसारका अन्य देशको स्वतन्त्रता दिवस तथा अन्य विशेष अवसरमा ती देशका झण्डा फहराउने गरिन्छ  ।

अन्तिम अपडेट: चैत २६, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • khatiwada yogendra

    Sept. 20, 2020, 1:55 p.m.

    great

  •  0 Reply

तपाईको प्रतिक्रिया