बाढी प्रभावितका लागि युवाले जुटाएको सहयोग हस्तान्तरण

 असोज ४, २०७७ आइतबार १०:२१:१२ | रासस
unn.prixa.net

 बाग्लुङ - बाग्लुङको ढोरपाटनका बाढी प्रभावित परिवारलाई युवाले जुटाएको ११ लाख ४४ हजार सहयोग हस्तान्तरण गरिएको छ ।

नगदसहित ३५ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री, खेलौना र स्टेशनरीसमेत वितरण गरिएको हो । बाढीमा परेर ज्यान गुमाएकाका परिवारलाई  १९ हजारका दरले किरिया खर्च र मृतकका परिवारलाई प्रतिमृतक पाँच हजारका दरले थप रकम दिइएको युसबी सेवाका अध्यक्ष आकाश युसबी थापाले जानकारी दिनुभयो ।     

यस्तै घाइते दुई जनालाई १०/१० हजार र बाढीले पूर्ण क्षति पुर्याएका ५५ घरका परिवारलाई आठ हजारका दरले राहत प्रदान गरिएको हो । आंशिक क्षति पुगेका ६१ मध्ये चार घरले चार हजार र अरुले एक हजारका दरले राहत बुझेका थिए । बाढीग्रस्त क्षेत्रका बालबालिकाको मनोबल बढाउन खेलौना, स्टेशनरी सामग्रीसमेत वितरण गरिएको केशव विक्रम सिंहले बताउनुभयो ।

गएको भदौ १७ गते भुजीखोलामा आएको बाढीले ढोरपाटन नगरपालिका-९ का २१ र गलकोट नगरपालिका-४ का एक जनाको ज्यान गएको थियो । १६ जना अझै बेपत्ता छन् । बाढीले १ सय २० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुर्याएको छ । सडक, विद्यालय, सामुदायिक स्वास्थ्य एकाइ, लघुजलविद्युत् आयोजना, झोलुङ्गे, ढलान र काठे पुललगायतका दर्जनौँ भौतिक संरचना क्षति गरेको छ ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया