महाराष्ट्रमा तीन तले भवन भत्किँदा १० जनाको ज्यान गयो, २० जनाको जीवितै उद्धार

 असोज ५, २०७७ सोमबार १२:२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतको महाराष्ट्र राज्यको भिवण्डीमा तीन तले भवन भत्किँदा १० जनाको ज्यान गएको छ ।

केही घाइते भएका छन् । २० जनाको जीवितै उद्धार गरिएको छ । भत्केको भवनभित्र अझै २० देखि २५ जना फसेको हुनसक्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहान भत्किएको भवनभित्र फसेकाहरुको खोजी र उद्धारको काम चलिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दु:ख व्यक्त गर्दै परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।

उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया