आउँदाे पाँच दिन देशका धेरै ठाउँमा हावाहुरीसहित ठूलाे पानी पर्ने सम्भावना

 असोज ५, २०७७ सोमबार १३:४१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदाे पाँच दिन देशका धेरै ठाउँमा हावाहुरीसहित ठूलाे पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले एक विशेष बुलेटन निकाल्दै उत्तर–­पूर्व बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिमतर्फ सर्ने क्रममा रहेकाे जनाएकाे छ । जसका कारण आउँदाे चार–पाँच दिनसम्म देशका धेरै ठाउँमा भारी वर्षा हुनुका साथै हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ । 

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही केही ठाउँहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रही देशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार साेमबार काठमाण्डाै उपत्यकाको न्यूनतम २० दशमलव शून्य र अधिकतम तापक्रम ३१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव ४ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३६ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।  

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया