नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि
बैशाख १५, २०८१ शनिबार
दाङ – दाङमा ब्राउन सुुगरसहित एक जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका ११ भट्टीटोलका ३५ वर्षीय महिन अन्सारी तीन सय २५ ग्राम ब्राउन सुुगरसहित पक्राउ परेका हुन् ।
अन्सारीलाई प्रहरीले दाङको लमही नगरपालिकाको अमेलियाबाट पक्राउ गरेको हो । अन्सारीले शरीरमा ब्राउन सुगर लुकाएर राखेको अवस्थामा प्रहरीले पक्राउ गरेकाे हो ।
बरामद गरिएको ब्राउन सुगरको बजार मूल्य झण्डै ७५ लाख रुपैयाँ पर्ने प्रहरीले जनाएको छ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।