मनसुन बाहिरिन अझै केही दिन लाग्ने, शनिबारसम्म देशभर पानी पर्ने

 असोज ७, २०७७ बुधबार १३:४९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यस वर्ष मनसुन सुरु भएपछि अहिलेसम्म बाढी, पहिरो र चट्याङमा परेर तीन सय ४३ जनाको ज्यान गएको छ ।

मनसुन भित्रिएको जेठ ३० गतेदेखि बुधबार बिहानसम्म पहिरोमा दुई सय ७२ जना, बाढीमा ३७ जना र चट्याङ लागेर ३५ जनाको ज्यान गएको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यस्तै बाढी, पहिरोमा परेर एक सय जनाभन्दा धेरै हराइरहेका छन् ।

यसैबीच यस बर्ष मनसुन बाहिरिन केही दिन ढिला हुने भएको छ । नेपालमा सामान्यतया सेप्टेम्बर २३ अर्थात् आजदेखि मनसुन बाहिरिने भए पनि यस वर्ष एक हप्ता ढिलो बाहिरिने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । 

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आउँदाे शनिबारसम्म देशभर पानी पर्ने पनि उहाँले बताउनुभयो । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र त्याे क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर पानी पर्ने सम्भावना रहेको मौसमविद् कँडेलले बताउनुभयो । 

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा ठूलो पानी परिरहेको छ ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया