च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
कपिलवस्तु – वाणगङ्गा नगरपालिका ७ को कजवेमा बाढीले विद्युत् प्राधिकरण जीतपुर फ्युज शाखाको गाडी बगाउँदा एक जनाको ज्यान गएको छ भने दुई जना बेपत्ता भएका छन् ।
मोतीपुर भलवाड सडक खण्डमा रहेको यो कजवेमा आएको बाढीले जितपुरमा रहेको स्विच सेवाको बा १ ञ १०८९ नम्बरको गाडी बगाएको हो । गाडीमा प्राधिकरणको जितपुर स्विच सेवाका इन्चार्ज कृष्णप्रसाद पौडेलसहित चार जना प्राधिकरणका कर्मचारी र अन्य दुई जना बाटोमा लिफ्ट मागेर चढ्ने नागरिक थिए ।
बेपत्ता दुई जनामध्ये गाडीका चालक माधवप्रसाद पाण्डेको शव भेटिएकाे छ । स्विच सेवा इन्चार्ज पौडेल र लिफ्ट मागेर चढ्ने अर्घाखाँची शीतगङ्गा नगरपालिका १३ का केशवप्रसाद भाट भने बेपत्ता रहेको घटनास्थल पुग्नुभएका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।
गाडीलाई बाढीले बगाउँदै गर्दा गाडीबाट हाम फालेर तीन जनाले ज्यान जोगाएका छन् । विद्युत् कर्मचारीहरु विजय पोख्रेल, परशुराम थारु र लिफ्ट मागरे गाडी चढेकी वाणगङ्गा नगरपालिका ९ की शिक्षिका कोपिला अधिकारी भने गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन् ।
बेपत्ता अन्य दुई जना र गाडी सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणहरु मिलेर खोजी अघि बढाइएको छ ।