भारतीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको कोरोनाका कारण ज्यान गयो

 असोज ८, २०७७ बिहिबार ७:५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

११ सेप्टेम्बरमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि एम्स अस्पतालमा भर्ना गरिएका ६५ वर्षका मन्त्री अङ्गडीको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले अङ्गडीको निधनबारे जानकारी दिँदै ट्वीट गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया