नाइजेरियामा तेल बोकेको ट्याङ्कर दुर्घटना, कम्तीमा २५ जनाको ज्यान गयो

 असोज ८, २०७७ बिहिबार ७:५३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नाइजेरियामा तेल बोकेको ट्याङ्कर दुर्घटना हुँदा कम्तीमा २५ जनाको ज्यान गएको छ ।

लोकोजामा ट्याङ्करको ब्रेक फेल भएर दुर्घटना भएको स्थानीय प्रहरीले बताएका छन् । ज्यान गुमाउनेमा धेरै प्राथमिक तहमा अध्ययनरत बालबालिका र विद्यार्थी परेका बीबीसीले जनाएको छ । विद्यालय जानको लागि बाटो काटिरहेका बालबालिका दुर्घटनामा परेका खबरमा उल्लेख छ ।

नाइजेरियामा यस्ता दुर्घटना प्राय भइरहेने गरेका खबरमा उल्लेख छ ।
 

अन्तिम अपडेट: असोज ९, २०७७

तपाईको प्रतिक्रिया