आजदेखि लगातार झरी नपर्ने, केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना

 असोज ९, २०७७ शुक्रबार ८:८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आजदेखि पानी कम पर्दै जाने मौसमविद्ले बताएका छन् ।

हिजो र अस्ति देशभरि नै झरी पारेको प्रणाली कमजोर हुँदै गएकाले आजदेखि पानी कम पर्दै जाने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो । तर केही ठाउँमा भने आज पनि ठूलो पानी पर्ने संभावना रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँकाअनुसार प्रदेश १ र २ का थोरै तथा वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक/दुई ठाउँमा आज पनि ठूलो पानी पर्ने संभावना छ । अरु ठाउँमा पनि हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । तर हिजोअस्तिको जस्तो लगातार झरीको संभावना भने नभएको मौसमविद् पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुदूरपश्चिमबाट मौसम खुल्दै गएको छ । तर देशभरिकै मौसम पूर्णरुपमा खुल्न भने समय लाग्नेछ । आज दिउँसो एकैछिन घाम लागे पनि फेरि बादल लाग्ने उहाँको भनाइ छ । तर भोलिदेखि भने मौसम खुल्दै जाने उहाँले बताउनुभयो । यो प्रणाली हटेपछि बिस्तारै मनसुन सकिने र चिसो बढ्दै जाने छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

1 Comments

  • बिकाश अधिकारी (शर्मा)

    Sept. 25, 2020, 9:23 a.m.

    अति उत्कृष्टता ढंगमा उल्लेख गरियेको समाचार।

  •  0 Reply

तपाईको प्रतिक्रिया